ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई २५ हजार किरिया खर्च दिने

ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएकाको परिवारलाई २५ हजार किरिया खर्च दिने

केन्द्रबिन्दु
0
Shares

नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्चवापत् २५ हजार र सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराउने भएको छ।

गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्चवापत २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए। 

ककनी गापामा पछिल्लो एक साताको अवधिमा कोरोना रोगबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षित रुपमा बढेसँगै रोकथामका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताइन्। 

गाउँपालिकाले ३१ श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेर चौबिसैघण्टा चिकित्सकसहितको जनशक्ति र अक्सिजनसहितको स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाएको छ।

काठमाडौँ उपत्यकाको फोहोर बिसर्जन प्रभावित क्षेत्रका बासिन्दाको काठमाडौं महानगरपालिकामार्फत परीक्षण गराएका कारण ककनीभित्रै बसोबास गर्ने तीन सयभन्दा बढीलाई सङ्क्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। हाल पालिकामा सङ्क्रमितको सङ्ख्या ७३ छ।रासस

Logo