काभ्रेमा आज ३८६ जना निको भए, ७२ संक्रमित थपिए

काभ्रेमा आज ३८६ जना निको भए, ७२ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज ७२ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ३८६ छ। आज २६ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ९ हजार ५३९ पुगेको छ। जसमा १ हजार ८६९ जना सक्रिय संक्रमित रहेका छन्। 

यस्तै निको हुनेको संख्या ७ हजार ५३२ र मृत्यु हुनेको संख्या १९४ पुगेको छ।

Logo