वीरेन्द्रनगर नगरपालिका-६ गोदामस्थित मिलन रेष्टुरेन्ट एण्ड कटेजबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २०० रुपैयाँ र करिब ७ ग्राम ४५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने उक्त कटेजका सञ्चालक ५१ वर्षीया बिष्णुदेवी शाही, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोर र दैलेख गुराँस गाउँपालिका-५ बस्ने १९ वर्षीया सरु शाही छन् ।
उक्त कटेजमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुको शरीर तथा होटेलको कोठा तलासी गर्दा विभिन्न दरका नेपाली र भारतीय नोट र उक्त पदार्थसहित फेला पारेकाे हाे ।































प्रतिक्रिया