समाज प्रदेश २

अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन् गर्ने पाँच टिपर नियन्त्रणमा

15 Shares

अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन् गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच वटा टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ। 

चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो।
 
नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन् भइरहेको जनगुनासोपश्चात प्रहरीले सक्रियता बढाएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७८ ११:५६ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी