शुक्रबारदेखि मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ।
अहिले प्रदेश एक, दुई र वाग्मती प्रदेशमा भित्रिएको मनसुन यसवर्ष अलि छिट्टै देशभर फैलिने मौसमविद्हरुको अनुमान छ ।
आज पूर्व र मध्यक्षेत्रमा मौसम पूर्ण बदली तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सर्तकता अपनाउन मौसमविद्हरु आग्रह गरेका छन्।
यस वर्षको मनसुनमा पूर्वमा प्रदेश एक र दुईको तराई क्षेत्रबाहेक धेरैजसो ठाउँमा मौसम प्रतिकूल रहने अनुमान गरिएको छ।
पूर्वी र मध्यक्षेत्रमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको पनि महाशाखाले जनाएको छ।































प्रतिक्रिया