सिन्धुपाल्चोकको बाढीमा सात जना बेपत्ता भएको पुष्टि, थप विवरण आउन बाँकी

सिन्धुपाल्चोकको बाढीमा सात जना बेपत्ता भएको पुष्टि, थप विवरण आउन बाँकी

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्चीमा आएको बाढीले दुई  महिला र पाँच पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन्।

वेपत्ता भएकाहरू अलिक बढी रहेको जानकारी आए पनि हालसम्म सात जना मात्रै पुष्टि भएको उनले बताए।

‘हामीलाई आएको प्रमाणित जानकारी चाहिँ दुई जना महिला र पाँच जना पुरुष गरी सात जना बेपत्ता भन्ने आएको छ, अरु पनि बेपत्ता भयो भनिएको छ’, उनले केन्द्रविन्दुसँग भने, ‘अहिले हामी नेतृत्वको उद्दार र राहतको टोली प्रभावित क्षेत्रहरूमा पुग्न लाग्यौं र प्रभावित क्षेत्रमा पुगेपछि यकिन विवरण आउँछ।’

हिजो आएको बाढीले मेलम्ची बजार, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजारसँगै मेलम्ची खानेपानी आयोजनाको ड्याम क्षेत्रमा क्षति पुर्याएको छ।

यता सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जिल्लाको नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेचम्ची पुलसँगै सेना र सशस्त्र प्रहरीको ब्यारेकमा क्षति पुर्याएको बताए।
अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको उनको भनाइ छ।

‘क्षतिको विवरणहरू आइरहेका छन्, डिएसपीको नेतृत्वमा टोली परिचालन भएको छ, विवरण आएपछि राहत र उद्दारलाई कसरी अगाडि बढाउने विषयमा निर्णय लिएर अगाडि बढ्छौं’, खनालले बताए।

अहिले पनि इन्द्रावती र मेलम्ची नदीमा पानीको बहाब उच्च छ। तर, पानी भने रोकिएको छ। राति सानो पानी परिरहेपछि उद्दार र राहतको कार्य प्रभावित भएको पनि सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए।

Skip This
Skip This
Logo