सिन्धुपाल्चोक बाढी अपडेटः घरको छतमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्दार

सिन्धुपाल्चोक बाढी अपडेटः घरको छतमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्दार

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको एउटा घरको छतमा फसेकामध्ये दुई जनाको उद्धार गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकसँग समन्वय गरेर फसेका अन्यको पनि उद्धार कार्य भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले केन्द्रविन्दुलाई जानकारी दिए।

‘सेनाको विशेष सुरक्षा फौजको एम आई १७ हेलिकोप्टरले दुई जनाको उद्धार गरिसकेको छ’, प्रवक्ता पौडेलले भने, ‘अन्य मानिसहरू पनि घरमा फसिरहेको भन्ने विवरण छ, स्थानीय प्रशासनसँग मिलेर उद्धारको काम भइरहेको छ।

आज बिहान मेलम्ची बजार क्षेत्रका केही घरको छतमा मानिसहरू हार गुहार गरिरहेको थाहा पाएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्धारका लागि हेलिकोप्टर मागेका थिए।

गृह मन्त्रालयको समन्वयमा सेनाको हेलिकोप्टर बिहानै मेलम्ची पुगेको प्रवक्ता पौडेलले बताए।

Logo