बाढीपीडितको उद्धारका लागि सेना परिचालन, परिस्थिति हेरेर उद्धार गर्न गृहमन्त्रीको निर्देशन

बाढीपीडितको उद्धारका लागि सेना परिचालन, परिस्थिति हेरेर उद्धार गर्न गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको मेलम्ची र मनाङमा बाढी र पहिरोमा फसेकालाई उद्धारका लागि गृह मन्त्रालयले अविलम्भ प्रयास थाल्न निर्देशन दिएको छ। उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकोप्टरबाट गइसकेको गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले बताए।

जिल्लाको सूचनाको आधारमा घरको छतमा र डिस्कोमा मानिसहरु फसेको पाइएपछि सेनाको हेलिकोप्टरबाट उद्धार थालिएको उनले बताए। मनाङमा पनि हेलिकोप्टर पठाउने तयारी हुँदै गरेको तर सिन्धुपाल्चोकका लागि भने उद्धारका लागि हिँडिसकेको उनले केन्द्रबिन्दुलाई जानकारी दिए।

त्यहाँको परिस्थिति हेरेर मानिसको उद्धार गर्न गृहमन्त्री खगराज अघिकारीले निर्देशनसमेत दिएको आचार्यले बताए।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा मंगलबार साँझ आएको बाढी–पहिरोमा परी दर्जनौं बेपत्ता भएका छन्। सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको छ। त्यस्तै मनाङमा पनि बाढी र पहिरोले जनजीवन प्रभावित बन्दै गएको छ।

Skip This
Logo