नेपालमा आज ४ हजार २० जना निको भए, २ हजार ७६८ संक्रमित थपिए

नेपालमा आज ४ हजार २० जना निको भए, २ हजार ७६८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ।

नेपालमा आज २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८०५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख १७ हजार ९४७ जना पुगेको छ। 

आज ४४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ।

आज १३ हजार ३७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ५५ हजार ५७९ जनाको पीसीआर र १ लाख ३३ हजार ६२७ जनाको एन्टीजेन परीक्षण गरिएको छ। 

Logo