भारत लगेर युवती बेच्ने सिन्धुपाल्चोकका तामाङविरुद्ध मुद्धा

भारत लगेर युवती बेच्ने सिन्धुपाल्चोकका तामाङविरुद्ध मुद्धा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतको वेश्यालयमा युवती बेच्ने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान ब्यूरोले मुद्धा चलाएको छ ।

०७२ मा महिलालाई भारत लगेर बिक्री गरेको भनी प्राप्त उजुरीका आधारमा ब्यूरोले सिन्धुपाल्चोकको मेलम्ची बस्ने ५२ वर्षीय टाउटाउ तामाङलाई मानव वेचविखन सम्बन्धी मुद्धा चलाएको हो । उनले निम्न वर्गीय परिवारकी २० वर्षिय युवतीलाई आकर्षक तलब आउने जागिर लगाइदिने लोभ देखाएर भारतमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

शक्ति समूहको जानकारीका आधारमा खोजी अभियान चलाउँदा उनलाई काठमाडौँको गोकर्णेश्वरबाट शुक्रबार पक्राउ गरिएको हो । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन ०६४ अनुसार कसुर गरेको आरोपमा उनलाई काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। उनका अनुसार तामाङले २०७२ सालमा महिलालाई बेचेका थिए । विसं २०७६ मा शक्ति समुहको पहलमा महिलाको उद्धार गरिएको थियो ।

Skip This
Skip This
Logo