हुम्लाको खार्पुनाथ गाउँपालिका- ३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै विस्थापित भएका छन् ।
कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा सरेका हुन् ।
गाउँमाथि रहेको माटो र ढुङ्गा खस्न थालेको तथा एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि आफन्तकोमा सरेको हस्तबहादुर शाहीले बताए ।
गाउँको माथिपट्टीको भिरमा ठूलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी विस्थापित भएका हुन् ।
भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना ढुङ्गा खस्न सुरु भएको छ । बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । लगातारको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमीन भासिएको छ





























प्रतिक्रिया