नेपालमा फैलिरहेको कोरोना भाइरसको भेरियन्टमा नयाँ उत्परिवर्तन (भिडियोसहित)

नेपालमा फैलिरहेको कोरोना भाइरसको भेरियन्टमा नयाँ उत्परिवर्तन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका कोरोना भाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरियन्ट भेटिएको जानकारी दिएको छ। जसमा भारतमा सुरुमा देखा परेको उक्त भेरियन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको हो। यसरी नयाँ भेरियन्ट पुष्टि भएसँगै जनमानसमा चासो बढेको छ भने, मन्त्रालयले नयाँ भेरियन्ट पुष्टिले नेपालमा अझै पनि खतरा रहिरहेकाले थप स्वास्थ्य सावधानी अपनाउनु पर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उत्पत्ति भारतमा नभइ नेपालमा भएको दाबी गरेका छन्। उनले योग उत्पत्ति भएका बेला भारत भन्ने देश नै विश्वमा नरहेको समेत बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा बोल्दै उनले कोभिड–१९ संक्रमणको अवस्थाका कारण हाल योगको महत्व झनै बढेको समेत बताएका छन्। व्यक्तिलाई शारीरिक र मानसिकरुपमा स्वस्थ बनाउनको लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता औल्याउदैँ जीवनलाई आशावादी बनाउन विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिन आग्रह गरेका छन्। 

१४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापति पदका लागि नेपाली कांग्रेसको तेस्रो तहसम्मका नेताहरू व्यस्त बन्न थालेका छन्। भदौ १६ देखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरू सभापति पदका लागि माहोल बनाउन व्यस्त भएका हुन्। कांग्रेसमा यो पटक सभापति पदका लागि ९ नेता आकांक्षी देखिएका छन्। विरासतको राजनीतिको विषयले खुवै प्रसय पाउने कांग्रेसमा यसपटक पनि यसको प्रभाव उच्च देखिन थालेको छ। 

अर्थ मन्त्रालयले निषेधाज्ञाबीच बैशाख महिनामात्र सात खर्ब ६१ बराबरको राजश्व संकलन भएको जानकारी गराएको छ। जस अनुसार कूल राजश्व परिचालन गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा २५.४ प्रतिशतले वृद्धि भएको हो। मन्त्रालयका अनुसार वैशाख मसान्तसम्म रु दुई खर्ब दुई अर्ब २८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ। 

जारी १६ औं संस्करणको युरोकप फुटबलमा गएराति सम्पन्न दुई खेलमा इटाली र वेल्सले अन्तिम १६ मा स्थान पक्का बनाउँदा स्विजरल्याण्ड भने अन्य समूहका खेलमा निर्भर रहनु परेको छ। यस्तै टर्की भने समूह चरणबाटै बाहिरिन पुगेको छ। यता आज राति हुने ४ खेलमा अन्तिम १६ का लागि ८ वटा टिमले प्रतिस्पर्धा गर्दैछन्। जसमा समूह बी र समूह सी को समान दुई दुई खेल हुनेछन्।  आजका खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग, युक्रेनले अष्ट्रियासँग, बेल्जियमले–फिनल्याण्डसँग र रुसले डेनमार्क प्रतिश्पर्धा गर्दै छन्। 

Logo