रामेछाप सम्पर्क समिति कोरियाद्वारा रामेछापका ८ पालिकामा स्वास्थ्य सामग्री सहयोग

रामेछाप सम्पर्क समिति कोरियाद्वारा रामेछापका ८ पालिकामा स्वास्थ्य सामग्री सहयोग

केन्द्रबिन्दु
0
Shares

रामेछाप सम्पर्क समिति दक्षिण कारियाले रामेछापका ८ स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

सम्पर्क समितिले विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ महामारी रामेछाप जिल्लामा पनि तीब्ररुपमा फैलिएकाले यो महामारीसँग जुध्नको लागि चाहिने अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो। 

रामेछाप जिल्लाका ६ गाउँपालिका र २ वटा नगरपालिकामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अभियानका संयोजक तथा रामेछाप सम्पर्क समिति दक्षिण कारिया पूर्वअध्यक्ष भीम खड्काले जानकारी दिए।

उनका अनुसार ८ वटै स्थानीय तहलाई समानुपातिक तथा आवश्यकताका आधारमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। ७ वटा भ्यान्टिलेर, २ वटा अक्सिजन कन्सर्टेटर अन्य मास्क सेनिटाइजर लगायत गरि १२ लाख बराबरको स्वास्थ्य सामग्री  हस्तान्तरण गरेको हो।

'रोजगारीको लागि दक्षिण कोरियामा रहेका रामेछापका युवाहरूले विदेशी भूमिमा बसेर आफ्नो जन्मभूमिमा समस्या परेकाले थोरै भए पनि यो कोरोनाको दोस्रो लहरसँग जुध्न सहयोग पुगोस् भनी सबै मिलेर अभियान चलाएका हौं।' खड्काले भने, 'यो महामारीको विषम परिस्थितिमा आफ्नो जन्मभूमिमा समस्या देखेर केही सहज होस् भन्ने उद्देश्यले समितिमार्फत सहयोग गरेका हौं। यस अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद पनि दिन्छु।'

यसरी नै हामी जहाँ छौं। त्यहाँबाट सकेको सहयोग गरि सबै मिलेर संक्रमणलाई परास्त तथा नियन्त्रण गर्न सकिने संयोजक खड्काको भनाइ छ। दक्षिण कोरिया समितिले  विगतमा पनि  रामेछाप जिल्लामा विभिन्न विपतको समयमा पीडितहरुलाई सहयोग गर्दै आएको छ। 

यो अभियान सफल बनाउनका लागि रवि लामा बाबुराज बस्नेत लगायत संस्थाका पदाधिकारी लागेका थिए। 

सामग्री वितरणमा सबै स्थानीय तहमा समितिका संस्थापक सल्लाहकार बिदुर खड्का, समितिका अध्यक्ष नवीन श्रेष्ठ पूर्व अध्यक्ष रवि प्रताप घिसिङ र सल्लाहकार चित्रबहादुर मोक्तान लगायतको सहभागितामा स्वास्थ्य सामग्री वितरण गरिएको खड्काले बताए।

Logo