हाम्रो परिवार राम्रो परिवारले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरूलाई हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ । हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्ड्काको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका–१,२ र ३ मै पुगेर राहत बाँडेको थिए ।
राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थियो । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो ।
सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् ।
राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए ।
राहत वितरण टोली हाम्रो परिवार राम्रो परिवारको सचिव खण्कासहित कोषाध्यक्ष सोनि बस्नेत, सुमि बस्नेत,निता क्षत्री, राम कार्की,गोपाल सुवेदी,अनोज पण्डित,उत्तम कार्की अनिता खत्रि गिता थापा र सिन्धुपाल्चोक जिल्लाको हाम्रो परिवार राम्रो परिवारको टिम बालकृष्ण चौलागाई, अर्जुन आचार्य, प्रशान्त चौलागाई, बाबुराम भट्टराईलगायत सहभागी थिए ।
जिल्ला समन्वय समितिकी सदस्य बिमला भण्डारीका अनुसार यो वडामा पूर्ण रुपमा १५० घर प्रभावित भएका छन् ।





























प्रतिक्रिया