क्रियाशील संस्थाहरूकाे समन्वयमा राजविराजमा खुल्याे मास्क बैंक

क्रियाशील संस्थाहरूकाे समन्वयमा राजविराजमा खुल्याे मास्क बैंक

केन्द्रबिन्दु
0
Shares

निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि यहाँ क्रियाशील विभिन्न संस्थाका समन्वयमा राजविराजमा बिहीबार मास्क बैंक स्थापना गरिएको छ। 

इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, ग्रीन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, कल्याण पोष्ट र  कोरोना सहजीकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेका हुन्। 

“हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं” नारासहित स्थापित बैंकको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले उद्घाटन गर्दै कोरोना जोखिमको अवस्था कायमै रहेकाले निःशुल्क मास्क बैंकको स्थापना भई महामारी न्यूनीकरणमा थप सहयोग पुग्ने बताए।

Skip This
Skip This
Logo