काभ्रेमा आज १२ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ३९ रहेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ८३३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४३२ जना रहेको छ।
यस्तै निको हुनेको संख्या १० हजार २३७ र मृत्यु हुनेको संख्या २२९ पुगेको छ।
.jpg)































प्रतिक्रिया