काभ्रेमा आज २५ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या २९ रहेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ११ हजार ११८ पुगेको छ। सक्रिय संक्रमितको संख्या ३९४ जना रहेको छ।
यस्तै निको हुनेको संख्या १० हजार ५५६ र मृत्यु हुनेको संख्या २३४ पुगेको छ।
































प्रतिक्रिया