नेपालमा आज २ हजार ५२ जना निको भए, १ हजार ६०३ संक्रमित थपिए

नेपालमा आज २ हजार ५२ जना निको भए, १ हजार ६०३ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ।

नेपालमा आज १ हजार ६०३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५६१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २७९ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ४४ हजार ६२२ जना र एन्टीजेन परीक्षणबाट ३८ हजार ११७ जना पुगेको छ। 

आज २७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ।

आज ८ हजार १३२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख ६८ हजार ५४२ जनाको पिसिआर र २ लाख ४ हजार ४८ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ४६१ जना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ३४२, भक्तपुरमा ३१ र ललितपुरमा ८८ जना थपिएका हुन्। 

Logo