काठमाडौंको कुलेश्वर केन्द्र भएर बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएको जानकारी अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो।
बिहान ६ बजेर ३२ मिनेटमा गएको भूकम्पको धक्का भने निकै ठूलो महसुस गरिएको थियो । यद्यपी भूकम्पले गरेको क्षतिबारे कुनै जानकारी आएको छैन। थोरै समय धक्का महसुस गरिएकाले खासै क्षति भने नभएको बताइएको छ।





























प्रतिक्रिया