देवयानी राज्यलक्ष्मी राणा बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उपाध्यक्ष नियुक्त भएकी छिन् । उनलाई कोकाकाेलाले भारत र पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार तथा दीगोपना मामिला उपाध्यक्ष नियुक्त गरेको हो ।
बहुराष्ट्रिय कम्पनीको उच्च पदमा पुग्ने सीमित नेपालीहरूमा राणाको नाम दर्ज भएको हाे । उनीसँग सरकार तथा व्यावसायिक मामिलामा साढे दुई दशकभन्दा लामो समय काम गरेको अनुभव छ ।
उनले रणनीतिक व्यववसाय, पैरवी, जोखिम व्यवस्थापन, सञ्चार, व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) लगायतका क्षेत्रता विज्ञता हासिल गरेकी छिन् ।
राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाकी छोरी हुन् भने तत्कालीन युवराज दीपेन्द्र शाहसँग नाम जोडिएर दरबार हत्याकाण्डताका चर्चामा आएकी थिइन् ।





























प्रतिक्रिया