आजदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्याे

आजदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्याे

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणाली आजबाट हटेको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको अस्ति बसेको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गदै आजबाट लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको थियो । 

सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन । आजैबाट सफा टेम्पो, निलो माइक्रो सहित सबै प्रकारका सार्वजनिक सवारी सञ्चालनमा आएका छन् ।  जोर बिजोर प्रणाली हटेसँगै अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छ ।

यसअघि २५ सिट क्षमता भन्दा बढीका सवारी साधन मात्रै चोर बिजोरका आधारमा चलाउन गर्न दिइएको थियो । आगामी ३१ गतेसम्म जारी निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न भने पाइने छैन । स्कूल, कलेज सञ्चालनमाथिको प्रतिबन्ध पनि कायमै छ । 

Logo