बुधबारदेखि तीन दिनसम्म ठूलाे वर्षा हुन सक्ने सम्भावना

बुधबारदेखि तीन दिनसम्म ठूलाे वर्षा हुन सक्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

एक सातादेखि लगातार परेको पानी सोमबार विहानदेखि रोकिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी प्रणाली निष्कृय बन्दै गएकाले सोमबार र मंगलबार सामान्य मात्र वर्षा हुनेछ।

बुधबारदेखि भने पूर्वी नेपालदेखि मनसुनी चक्र सकृय भएर पश्चिमतर्फ बहने भएकाले बुधबार, बिहीबार र शुक्रबार ठूलो वर्षा हुने सम्भावना छ। तीन दिन भारी वर्षा हुने भएकाले नदीहरुमा पानीको बहाव बढ्न सक्ने र जोखिम हुनसक्ने जनाइएको छ। 

मनसुनी प्रणाली भित्रिएसँगै यस वर्ष भारी वर्षा हुँदा बाढी, पहिरो र डुबानले ठूलो क्षति पुर्याएको छ।

जल तथा मौसम विज्ञान विभागकाे तथ्याङकमा मुख्य २० वटा मौसम स्टेशनबाट गरिएको मापनमा हाल ५१४ मिलिमिटर अर्थात ३६.७ प्रतिशत वर्षा भइसकेको छ। नेपालमा मनसुन अवधिभर (जेठ–१७ देखि असोज १५ गतेसम्म) एक हजार ४०२ मिलिमिटर औसत वर्षा हुने गर्छ। 

Skip This
Skip This
Logo