नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले दोलखा प्रहरीलाई विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ।
एशोसिएसनले बुधबार विपद् प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, करौती, त्रिपाल, डोरी लगायतका सामग्रीहरु हस्तान्तरण गरेको हो। नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसियसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपद नआएको र आइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताइन्।
त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सनट्रेटरहरु पनि प्रदान गरेको छ। यसअघि कुनै पनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सनट्रेटर नभएका स्वास्थ्यचौकीहरुलाई कन्सनट्रेटर प्रदान गरिने पनि जनाइएको छ।
दश लाख रुपैंयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनकी अध्यक्ष अञ्जु पौडेलले जानकारी दिइन्। नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एशोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपतकालीन अवस्थामा सहयोग गर्दै आएको तथा यो सहयोग पनि निरन्तरताको प्रक्रिया भएको जनाएको छ। चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोगस्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो।





























प्रतिक्रिया