नेपालले चीनसँग खरिद गरेको "४० लाख मात्रा खोप"मध्ये पहिलो खेप शुक्रवार आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
त्यसका लागि नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो। कोभिड खोप निश्चित तापक्रममा भण्डारण गर्नुपर्ने र गाउँ गाउँसम्म "कोल्ड चेन"को व्यवस्था गरेर उपलब्ध गराइनुपर्ने हुँदा चुनौती रहेको जानकारहरू बताउँछन्।
नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ।
प्रत्येक कम्पनीले उत्पादन गरेको खोपले कति ठाउँ ओगट्छ भन्ने कुरा फरक हुने हुँदा भण्डारण क्षमतामा पनि घटबढ हुने राष्ट्रिय खोप कार्यक्रमका संयोजक डा. झलक शर्मा गौतमले बताउँछन्।
नेपालमा प्रयोग गरिएको कोभिशील्ड खोपको एक भाएलमा १० मात्रा हुने हुँदा त्यो खोप तुलनात्मक रूपमा ठूलो परिमाणमा राख्न सकिने उनी बताउँछन्।
हाल नेपालमा प्रयोग भएको चिनियाँ भेरोसेल खोपको 'प्रिफिल्ड सिरिन्ज'ले भने निकै धेरै स्थान ओगट्ने गौतमको भनाइ छ।
"कोभिशील्डले लिनेभन्दा १३० गुणा बढी ठाउँ लिने रहेछ प्रिफिल्ड सिरिन्जले," उनले भने।
अहिलेको अवस्था हेर्दा देशैभरि गरेर लगभग ४० लाख मात्रा भेरोसेल खोप भण्डारण क्षमता रहेको उनको भनाइ छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार आज ल्याइएको खोपको तौल १३ हजार किलो छ।





























प्रतिक्रिया