चीनबाट आयो कोरोनाविरुद्धको खोप, अमेरिकाबाट पनि छिट्टै आउने (भिडियोसहित)

चीनबाट आयो कोरोनाविरुद्धको खोप, अमेरिकाबाट पनि छिट्टै आउने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

चीनसँग खरिद गरिएको ४० लाख कोरोनाविरुद्धको खोप मध्ये शुक्रबार विहान ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्समार्फत ल्याइएको उक्त खोपको तौल १३ हजार किलो रहेको जनाइएको छ। यस्तै नेपाललाई अमेरिकाले पनि चाँडै नै खोप उपलब्ध गराउने जनाइएको छ । तर, कति मात्रामा खोप उपलब्ध गराउने भन्ने बारेमा भने खुलाइएको छैन। 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुनर्गठनमा सर्वोच्च अदालतमा परेको मुद्धाको सम्बन्धमा सर्वोच्चलाई लिखित जवाफ दिदै संर्वोच्च अदालतको आदेश संविधान विपरित भएको बताएका थिए। सोही विषयमाथि टिप्पणी गर्दै प्रवक्ता शर्माले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उनले संविधान अनुसार आदेश गर्ने अदालतलाई प्रधानमन्त्रीले संविधान विपरित भएको भनी टिप्पणी गरेका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’ सहित एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताले माओवादी केन्द्र खारेजीको माग राख्दै निर्वाचन आयोग जानुलाई अवसरवादी चरित्रको संज्ञा दिएको छ। पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले निर्वाचन आयोगमा निवेदन दिनु हाँस्यास्पद भएको केन्द्रको भनाइ छ। पार्टी परित्याग गरि एमालेमा पोइल गएकाहरुले दर्ता गरेको निवेदनको कुनै तुक नरहने केन्द्रका स्थायी कमिटी सदस्यहरूको टिप्पणी रहेको छ। 

सुरुङ निर्माण सम्पन्न भइ मेलम्चीको पानी उपत्यकावासीले उपभोग गरेको ३ महिना नवित्दै पुनः यो आयोजना भताभुङ्ग भएको छ। यही असार १ गते आएको बाढी र पहिरोका कारण आयोजनास्थल पुनः भताभुङ्ग भएको हो। नदीको हेडवर्कमाथिबाट आएको पहिरोका कारण आयोजनाको सुरुङबाहेक अरु संरचनामा क्षति पुगेकाले अब उपभोक्ताले पानी उपभोगका लागि केही महिना कुर्नु पर्ने भएको छ। जसका लागि न्यूनतम समय सीमा तीन महिना लाग्ने जनाइएको छ भने, यसको ममर्त खर्चमात्र रु एक अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

शुक्रबार नेपाल–भारतबीच रेल सेवा सम्बन्धी संशोधनसहितको सम्झौतामा  हस्ताक्षर भएको छ। नेपालको वीरगञ्जसम्म मात्र सञ्चालन हुने भनिएको अब, देशका अन्य सीमावर्ती शहरसम्म पुर्याउने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र भारतका भारतीय रेलवे बोर्डका एडिस्नल मेम्बर सुशान्तकुमार मिश्रले संशोधन सम्झौतामा हस्ताक्षर गरेका हुन्।

Skip This
Skip This
Logo