प्रधानमन्त्री ओली आज मेलम्ची जाने

प्रधानमन्त्री ओली आज मेलम्ची जाने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त मेलम्चीलगायत विभिन्न क्षेत्रकाे निरीक्षण गर्ने भएका छन् । 

बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीकाे सचिवालयले जनाएकाे छ। 

प्रधानमन्त्री बिहान १० बजे सिन्धुपाल्चोक जानुहुने छ । प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको बताइएकाे छ ।  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट शनिबार सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । 

सो अवसरमा जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यक्रम तय गरिएकाे छ । 

Logo