रुपन्देहीमा कोरोनाबाट एक वृद्धको मृत्यु

रुपन्देहीमा कोरोनाबाट एक वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देही ।
बुटवलको कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजनाको कोरोना भाइरस सङ्क्रमणबाट विहिबार मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए।

ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको जनाइएको छ । उनको बुधबार कोरोना पुष्टि भएको थियो ।

Logo