८ सय भाडा लिँदा ३ हजार जरिवाना !

८ सय भाडा लिँदा ३ हजार जरिवाना !

केन्द्रबिन्दु
0
Shares

तीन जना यात्रुबाट तोकिएभन्दा ८ सय भाडा लिएका चालकलाई सिन्धुली प्रहरीले भाडा फिर्ता गराउँदै कारबाहीस्वरूप ३ हजार रूपैयाँ जरिवाना तिराएको छ।

पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६६० नम्बरको बस चालकलाई भाडा फिर्तासँगै जरिवाना तिराइएको सिन्धुली प्रहरी प्रवक्ता डीएसपी मनोजकुमार लामाले बताए।

उनका अनुसार एक जना यात्रुबाट तोकिएभन्दा ५ सय रूपैयाँ बढी भाडा लिएको बा ३ ख ७३२६ नम्बरको हाइसको चालकलाई भाडा फिर्ता गराउँदै २ हजार रूपैयाँ जरिवाना गराइएको छ।

ब ४ ख ४१८७ नम्बरको हाइसले पनि एक जना यात्रुबाट ५ सय बढी भाडा लिएको पाइएको भन्दै उक्त हाइसका चालकलाई पनि २ हजार रूपैयाँ जरिवाना गराइएको डीएसपी लामाले बताए।

Skip This
Skip This
Logo