हाब्रेको छाला र हतियारसहित ६ जना पक्राउ

हाब्रेको छाला र हतियारसहित ६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुकाे बाणगंगा नगरपालिका-८ मोर्मीबाट ४ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने ६० थान छर्रा र बारुद सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।टिकाराम थापा, गुम बहादुर राना र गोपाल थापालाई प्रहरीले पक्राउ गरेकाे हाे । । 

यसैगरी कपिलवस्तु नगरपालिका-११ जहदी चोकबाट 'मेड इन युएसए' लेखिएको लोडेड पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित सोही ठाउँ बस्ने ३६ वर्षीय मन्नु यादव भन्ने माथेश्वर प्रसाद यादवलाई शुक्रबारराति प्रहरीले पक्राउ गरेको छ । 

यता  काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय अर्जुन मग्रातीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेकाे छ । 

Logo