आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लामा मौसम केही परिवर्तन भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, केही प्रदेशका अधिकांश उच्च हिमाली क्षेत्रमा हावाहुरीसहित चट्याङ र भारी वर्षाको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको छ ।

साथै, सुदुरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

Logo