सरकारलाई स्वास्थ्य विज्ञको १८ बुँदे सुझाव, तत्काल खोपमा जोड दिन आग्रह

सरकारलाई स्वास्थ्य विज्ञको १८ बुँदे सुझाव, तत्काल खोपमा जोड दिन आग्रह


नेपाल जन–स्वास्थ्य प्रतिष्ठानले कोभिड–१९ को महामारी व्यवस्थापन र तेस्रो लहर जोखिम बढेको हुँदा त्यसको तयारीमा लाग्न सरकारलाई अठार बुँदे सुझाव पठाएको छ।

प्रतिष्ठानले सरकारले कोरोना भाइरसलाई साधारण भाइरस जस्तो हेल्चेक्राईयुक्त नजरले नहेर्न र सकेसम्म छिटो यसको नियन्त्रणमा लाग्न ध्यानाकर्षण गरेको छ। १८ बुँदे सुझाव पत्रमा तत्काल स्वास्थमन्त्री नियुक्त गर्न पनि उल्लेख गरिएको छ।

ईमान्दार, सत्यनिष्ठा, योग्य, क्षमतावान व्यक्तिलाई तत्काल मन्त्रीमा नियुक्त गरि योग्य चिकित्सक र जनस्वास्थ्य विज्ञ सम्मेलित स्वतन्त्र सल्लाहकारको समूह बनाउन निर्देशन दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिष्ठानले सुझाव दिएको छ।

सरकार गठनको ८ दिन बितिसक्दा समेत देउवाले स्वास्थ्यमन्त्री नियुक्त गर्न सकेका छैनन्। मुलुकमा कोरोनाको दर बढ्दै गएको तर, मन्त्रीनै नरहेको भन्दै देउवाको आलोचना पनि हुन थालेको छ।

त्यस्तै प्रतिष्ठानले १८ बर्षभन्दा माथिका नागरिकलाई छिटो अनिवार्य खोप लगाउन सरकारलाई सुझाएको छ।

अक्सिजनको अभावले गएको भेरियन्टमा मानिसको अकालमा मृत्यु भएको हुँदा तेस्रो लहर पूर्वनै अक्जिजनको व्यवस्थापन, उत्पादन र आपूर्ति क्षमता बृद्धि गर्नसमेत सरकारले ध्यान पुर्याउन भनेको छ।

अर्को, लकडाउन मात्रै संक्रमण रोक्ने अस्त्र नभएकाले लकडाउनलाई प्राथमिकता नदिन देउवालाई सुझाव दिदै, कुटनीतिक माध्यमबाट खोपको पहल गर्नसमेत आग्रह गरेको छ।

खोपको लागि सरकारले चाहाना राखेर तत्काल लयाउने सक्ने सम्भावना भएका मुलुकसँग निरन्तर संवाद गर्न पनि प्रतिष्ठानले सुझाएको प्रतिष्ठानले सुझाएको छ।

Logo