नौ लाख पैसा नदिन ‘हत्या’

नौ लाख पैसा नदिन ‘हत्या’

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाका हुद्धा भरत गुरुङको पैसा नदिन हत्या भएको खुलेको छ। नौ लाख रूपैयाँ पैसा नदिन गुरुङको हत्या भएको खुलेको चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले बताए।

गुरुङ काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको सेनाको महेन्द्रदल गणमा कार्यरत थिए। उनी बिहीबार बिहान चितवनको शारदानगरस्थित घोलमा मृत फेला परेका थिए।

हत्या गरेको आरोपमा प्रहरीले नेपाली सेनाकै सिपाही गंगाधर ढकाललाई पक्राउ गरेको छ।

उनलाई शुक्रबार प्रहरीले सार्वजनिक पनि गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा गोली हानेर गुरुङको हत्या ढकालले गरेको खुलेको प्रवक्ता थापाले केन्द्रविन्दुलाई बताए।

उनका अनुसार गुरुङ चितवनमा बैना गरिएको जग्गा पास गर्न भनेर ढकालसँग गएका थिए।

उनी गुरुङका विश्वाशीला साथीसमेत हुन्। उनको घर भरतपुर–२१ मा छ। गुरुङले विश्वास गरेर उनलाई ग्लोबल आइएमई बैंकको चेक दिएको र प्रायः चेक उनीसँगै रहने गरेकोमा २ साउनमा भने गुरुङको ९ लाख रूपैयाँ निकालेको पाइएको पनि प्रवक्ता थापाले बताए।

‘हस्ताक्षर गर्न सजिलो भएकोले चेक दिएको थियो र पैसा निकालेर ६ लाख श्रीमतीलाई ६ लाख, बुबालाई २ लाख र बाँकी एक लाख मैले नै राखें।’ हत्या आरोपी ढकालको वयान उदृत गर्दै थापाले बताए।

उनले थप भनेका छन्, ‘५ साउनमा बिदा लिएर चिवतन आएको देखिन्छ, साथी भएकोले गंगाधरलाई पनि बोलाएको रहेछ, गंगाधरकै मोटरसाइकलमा गएर चितवनकै एक होटलमा बसेको विवरण खुलेको छ, त्यहाँ उनीहरूले अधिक मादक पदार्थ सेवन गरेको देखियो र बिहान करिब ६ बजेटिर शारदानगरको सिमलडाँडामा गोली हानी हत्या गरेको पाइयो।’

गुरुङको टाउकामा ढकालले एसएसमजीबाट गोली प्रहार गरेको बताइएको छ। मृतक गुरुङ धादिङको निलकण्ठ नगरपालिका–१३ का हुन्।

Logo