मदिरा उत्पादन तथा विक्री गर्ने चिनियाँ नागरिक पक्राउ

मदिरा उत्पादन तथा विक्री गर्ने चिनियाँ नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय खि जिवेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी अवैध मदिरा उत्पादन गरी विक्री वितरणको लागि तयार पारेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उक्त होटलबाट ४ वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, मदिरा उत्पादनमा प्रयोग हुने ८० लिटरका ११३ थान ड्रममा रहेका कच्चा पदार्थ र विक्रीको लागि तयार पारिएको मदिरासमेत प्रहरीले बरामद गरेको छ ।

Logo