प्रदेश २: सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारी

प्रदेश २: सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारी

केन्द्रबिन्दु
0
Shares

प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई  निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिएका छन्। 

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशभित्र सञ्चालित सञ्चार संस्थालाई आर्थिकरुपमा बलियो बनाए लोकतन्त्र बलियो हुनाका साथै भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने भएकाले सञ्चार संस्थालाई सौर्य ऊर्जामार्फत निःशुल्क विद्युत् आपूर्ति गर्ने योजनामा प्रदेश सरकार लागेको जानकारी दिए। 

उनले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युतकाे रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले  सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताए।रासस

Skip This
Skip This
Logo