आन्दोलनमा रहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरी समस्या समाधानको पहल नगरे काममा नजाने चेतावनी दिएका छन्
प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारीहरूको संयुक्त संघर्ष समितिले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा आगामी ७२ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।
आन्दोलनको ४७ औं दिनसम्म सरकारले आन्दोलनको माग पूरा गर्न र यसका मुद्दा सम्बोधन गर्न चासो नदेखाएको भन्दै संयुक्त संघर्ष समितिले ७२ घण्टे अल्टिमेटम दिएको हो ।
शनिबारदेखि कालोपट्टी बाँधेर काममा जाने, आइतबार डिन अफिसहरूमा तालाबन्दी गर्ने र ७२ घण्टाभित्र उच्चस्तरीय वार्ता टोली गठन गरेर समाधान पहल नथाले स्वास्थ्य सेवामा सहभागी नहुने आन्दोलनकारीले घोषणा गरेका छन् ।
कोभिड उपचार, आकस्मिक उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकका सबै सेवामा स्वास्थ्यकर्मीको सहभागिता नहुने आन्दोलनकारीको घोषणा छ ।





























प्रतिक्रिया