मोटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा आज साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको भने दुई जना घाइते भएका छन् । 

सिरहाको लहान नगरपालिका–१७ का रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका–५ का बुधसागर चौधरीकाे घटनास्थलमै इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

 यादव प्रदेश नं २–०१–००१ प ९५५६ नंको मोटरसाइकल र चौधरी स.११ प ४०३८ नंको मोटरसाइकलमा सवार थिए । बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

चौधरीले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको आनन्द चौधरी र यादवले चलाएको मोटरसाइकल पछाडि सवार सोनम चौधरी घाइते भएका छन् ।

Skip This
Skip This
Logo