यस्तो छ आजकाे मौसम

यस्तो छ आजकाे मौसम


आज प्रदेश १, प्रदेश २ र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।आज देशभर बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिँदै महाशाखाले अहिले देशका अधिकांस भू-भागमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको जानकारी दिएको छ ।

Logo