मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् ।
विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम) मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् ।
विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने र तोडफोडमा संलग्न अराजक समूहलाई कारबाही गर्न माग गरेको छ ।





























प्रतिक्रिया