इटहरीका मेयर चौधरीले रिसोर्ट मालिकलाई थुनिदिए आफ्नै कार्यकक्षमा

इटहरीका मेयर चौधरीले रिसोर्ट मालिकलाई थुनिदिए आफ्नै कार्यकक्षमा

केन्द्रबिन्दु
0
Shares

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरी–४ कै एक स्थानीयलाई आफ्नै कार्यकक्षमा थुनेका छन्।

मेयरको कार्यकक्षमा थुनिएका स्थानीय हुन्–यमप्रसाद ढकाल। ढकालले इटहरी–१३ मा  नक्सा पासबिनै ५ फिट जग्गा मिचेर रिसोर्ट बनाएको आरोपमा चौधरीले ढकाललाई आफ्नै कार्यकक्षमा थुनेका हुन्।

स्थानीय टोमप्रसाद तिमल्सिना र प्रदीप गौतमका अनुसार मेयर चौधरीले ढकाललाई पटक–पटक कार्यालयमा हाजिर हुन र निर्माण हुँदै गरेको रिसोर्ट रोक्न ताकेता गर्दा उनी कार्यालयमा आउन मानेका थिएनन्।  निर्माण कार्य नरोकेपछि ढकाललाई प्रहरीको रोहबरमा उपमहानगर कार्यालयमा बोलाइएको थियो। ढकालले गल्ती महसुस गर्नुको सट्टा उल्टै मेयरसँग जाइ लागेपछि उनले बाहिरबाट चुकुल लगाइदिएका थिए। 

बाहिरबाट चुकुल लगाइदिएपछि मेयर चौधरी सोझै प्रहरी कार्यालय गएका तिमिल्सिनाले बताए।

मंगलबार मात्र इटहरी–१३ मा निर्माणाधीन रिसोर्टको पर्खाल मेयरको रोहवरमा भत्काइएको थियो। सार्वजनिक जग्गा मिच्न नपाउने भन्दै चौधरीले यसअघि पनि जग्गा मिचेर बनाएका पर्खाल भत्काइदिएका थिए। यस सम्बन्धमा मेयर चौधरीसँग प्रतिक्रिया लिन खोज्दा मोबाइल स्वीच अफ भएकाले सम्पर्क हुन सकेन।

Skip This
Skip This
Logo