‘खोप केन्द्र जान नसक्ने नागरिकलाई घरमै गएर खोप लगाइदिनु’: सर्वोच्च

‘खोप केन्द्र जान नसक्ने नागरिकलाई घरमै गएर खोप लगाइदिनु’: सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले कोरोनाविरूद्धको खोप लगाउन तोकिएको खोप केन्द्रमा जान नसक्ने जेष्ठ नागरिक, सबै प्रकृतिका अपाङ्गता भएकाहरूलाई घरमै गएर खोप लगाइदिन आदेश दिएको छ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आज सरकारको नाममा उक्त आदेश दिएको हो। खोपका लागि उपयुक्त समय तर्जुमा गर्न पनि आदेशमा भनिएको छ।

'खोप केन्द्रमा जान नसक्ने जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरू तथा फकर क्षमता भएका, दुबै आँखा नदेख्ने व्यक्तिहरूसमेतका लागि राज्यले वडास्तरबा लगत संकलन गरि वा उपयुक्त माध्यमबाट पहिचान गरि घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरि सोको उपयुक्त सूचना प्रवाह गरि संवैधानिक दायित्व निर्वाहको लागि कार्यक्रम गर्नु गराउनू', ढुंगानाको इजलासले गरेको आदेशमा उल्लेख छ।

अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई घरघरमै खोप उपलब्ध गराउन माग गर्दै निवेदन दिएका थिए।

Skip This
Logo