काठमाडौँ महानगरपालिका प्रमुख शाक्यबाट ५१ औँ पटक रक्तदान

काठमाडौँ महानगरपालिका प्रमुख शाक्यबाट ५१ औँ पटक रक्तदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गरेका छन्।  प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गरेका हुन्।  

‘क्लवको स्थापनादेखि नै रक्तदान गर्दै आएको छु। यो मेरो ५१ औँ पटकको रक्तदान हो’ सोही वडाका स्थानीय वासिन्दासमेत रहेका शाक्यले भने, ‘अरुलाई बचाउनका लागि गरिने रक्तदान उत्कृष्ट दान रक्तदान हो। त्यसैले मैले नियमित रुपमा रक्तदान गर्दै आएको छु। यो त्यसैको निरन्तरता हो। क्लवले ०४४ सालदेखि नियमित रक्तदानको आयोजना गर्दै आएको छ।’ 

कोभिडका बेलामा समेत रगतको अभाव हुन नदिन सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर रक्तदान गर्न प्रमुख शाक्यले अरुलाई पनि सुझाव दिए।  ‘सामाजिक दूरी कायम गरी सुरक्षित भएर स्वस्थ व्यक्तिले रक्तदान गर्दा रगत अभाव हुन नदिइ अरुको पनि ज्यान बचाउन सकिन्छ,’ शाक्यले भने। 

रक्तदान कार्यक्रममा केही दिन अघि मात्रै काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गरेको डडेलधुराको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले पनि मेयर शाक्यसँगै रक्तदान गरे। उनले भगिनी सम्वन्ध स्थापित महानगरपालिकामा आएर मेयर शाक्यसँगै रक्तदान गर्ने अवसर प्राप्त हुँदा खुशी लागेको बताए।

Skip This
Skip This
Logo