जनकपुरधामबाट एक क्विन्टल लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ । बलोनलसईलाई सोमबार साँझ जनकपरधाम उपमहानगरपालिका–४ मुरलीचोकबाट पक्राउ गरिएको हो ।
बा ५ च १४० नम्बरको पिकअप भ्यानमा गाँजा लुकाएर ल्याउँदै गरेको अवस्थामा बलोनलसईलाई प्रदेश प्रहरी कार्यालयबाट खटेको सिभिल टोलीले पक्राउ गरेको हो ।































प्रतिक्रिया