अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौं आइपुगे

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना नेपालीहरु मंगलबार बिहान काठमाडौं आइपुगेका छन्। 

१२७ नेपाली जजिरा एयरको विमानमार्फत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।

उनका अनुसार अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको र कुवेतबाट नेपाल ल्याएर विमान फर्किसकेको छ।

अफगानिस्तानबाट आएका नेपालीहरुलाई आइसोलेसनमा राख्नको लागि नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ। उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखेर सबै प्रक्रिया पुर्याएर आ–आफ्नो घर पठाइने जनाइएको छ।

Logo