पहिरोका कारण भीमफेदी सडकखण्ड अवरुद्ध

पहिरोका कारण भीमफेदी सडकखण्ड अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ । 

पहिरोका कारण भीमफेदी हुँदै हेटौंडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् । भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको थियो । 

Skip This
Skip This
Logo