शुक्रबार अफगानिस्तानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । उनीहरू जजिरा एयरको कुवेत–काठमाडौं उडानबाट आएका हुन्।
परराष्ट्र मन्त्रालयले अहिलेसम्म ४६१ जना अफगानिस्तानबाट काठमाडौं आइपुगेका जनाएको छ। स्वदेश फर्केकामध्ये धेरैजसो काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत र केही अन्य अनौपचारिकक्षेत्रमा काम गरिरहेकाहरू छन्।
काठमाडौं आएकालाई अध्यागमन लगायतका प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित ‘होल्डिङ सेन्टर’मा कोरोना परीक्षणसमेत गरिसकेको मन्त्रालयले जनाएको छ।
कन्सुलर सेवा विभागको 'वेब पोर्टलमा' शुक्रबार बेलुकी ५ बजेसम्म ३१० नेपालीले आफ्नो विवरण दर्ता गराएको मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए।
घिमिरे अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल स्वदेश फिर्तीको प्रभावकारी व्यवस्था गर्न सरकारले गठन गरेको उद्धार कार्यदलका संयोजक हुन्।





























प्रतिक्रिया