चर्चित हास्य कलाकार शम्भुराज थापा 'बखते' निधन भएकाे छ । कोरोना सक्रमित भइ पाटन अस्पतालमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पछिल्लो समय मेरी बास्सै, गोलमाल र हल्का रमाइलो सिरियलमा विभिन्न भूमिकामा खेल्दै गरेका उनकाे आज बिहानै निधन भएकाे कलाकारहरूले जनाएका छन् । उनले महसञ्चार भद्रगोल लगायतका सिरियलमा पनि अभिनय गरेका छन् ।
कलाकार थापाकाे निधनप्रति हल्का रमाइलाेका मरिचमान श्रेष्ठ, राजु पौडेल, हास्यकलाकार सिताराम कट्टेललगायतले दु:ख व्यक्त गरेका छन् ।































प्रतिक्रिया