बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पीडितले ६ जनाविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा उजुरी दिएकाेमा ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पुल सञ्चालक सुवास कार्की छन् ।
पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए। गत मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युट्युबरले युट्युबमा राखेका थिए।
पक्राउ परेका सबैलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झाले जनाएकाे छ ।





























प्रतिक्रिया