नेपालमा आज १ हजार ९२९ जना निको भए, २ हजार ४३३ संक्रमित थपिए

नेपालमा आज १ हजार ९२९ जना निको भए, २ हजार ४३३ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ।

नेपालमा आज २ हजार ४३३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५४ हजार ९१५ जना र एन्टीजेन परीक्षणबाट ८१ हजार ९६८ जना पुगेको छ। 

आज २६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।

आज १४ हजार ३३७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ६८ हजार ७१७ जनाको पिसिआर र ४ लाख ५० हजार ३२९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo