माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको तदर्थ संगठन गठन भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थिति तथा सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको हाे ।
दृष्टि साप्ताहिकका सम्पादक रहेका श्रेष्ठ प्रेस चौतारी नेपालको संस्थापक सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका छन् ।
उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने जनाएको छ ।































प्रतिक्रिया