यस्तो छ आजकाे मौसम

यस्तो छ आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागनजिक रहेको हुँदा देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महााखाले जनाएकाे छ। 

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ  ।

Logo